एमालेले सभामुखलाई दियो दुई विकल्प सहितको चेतावनी
काठमाडौं । नेकपा (एमाले)को आकस्मिक रूपमा बसेको सचिवालय बैठकले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग षडयन्त्र भएको बताउँदै सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएको छ ।
बैठकले सभामुख सापकोटालाई दुईवटा विकल्प समेत दिएको छ । दुई विकल्प सहितको चेतावनी दिँदै एमालेले यदि त्यस्तो नगरेको खण्डमा महाभियोग लगाउने संकेत गरेको छ ।
आइतबार बालकोटमा बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले आफूहरूले कारबाही गरेका १४ सांसदलाई हटाउन वा मार्ग प्रशस्त गर्ने विकल्प दिइएको बताए ।
सभामुखको भूमिका निर्वाह गर्न नसकेकोप्रति आफूहरूको आपत्ति रहेको उनले बताए ।
“आफ्नो गल्तीलाई सच्चाउने खालको काम वा संसद्मा जारी अवरोध खोल्न मार्ग प्रशस्त गर्ने दुईवटा विकल्प उहाँले हामीलाई दिएका छौं । त्यो विकल्पमा ढृढ छौँ । अरू नयाँ विकल्प सारिहने पक्षमा छैनौँ,” उनले भने ।