पेशीबाट किन हटाइयो ओलीले दायर गरेको मुद्दा ? - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

पेशीबाट किन हटाइयो ओलीले दायर गरेको मुद्दा ?



काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दा पेशीबाट हटाइएको छ ।

माधव नेपालसहित एकीकृत समाजवादी पार्टीका १४ सांसद्को मुद्दा पेशीबाट हटाइएको हो । उक्त मुद्दामा आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको थियो।

तर यसमा प्रत्यार्थीमध्यका कृष्ण सुवेदीले आफूलाई कोरोनाका लक्षण देखिएकाले पेशीमा चढे पनि रिट आइतबारका लागि हटाउन माग गर्दै निवेदन दिएपछि पेशीबाट हटाइएको सर्वोच्च अदालतले जनाएको छ।