१४ सांसदविरुद्धको रिटमा सुनुवाई सकियो
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी अवैधानिक भन्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ । माधव नेपाल सहितका १४ सांसदविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाई सकिएको हो
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले भर्खरै सुनुवाइ सकाएको बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलले संसदमा महाभियोग प्रस्ताव दर्ता गराएकै दिन यो मुद्दाको सुनुवाइमा राखिएकोले धेरैले यसलाई शंकास्पद रूपमा हेरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाएर १७ भदौमा सर्वोच्च अदालतमा रिट हालेका थिए ।