कसैको कुरा सुन्न छाडेका थिए चोलेन्द्र - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

कसैको कुरा सुन्न छाडेका थिए चोलेन्द्र



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्ध महाअभियोगको तयारी पूर्ववत नै भएको सत्ता गठबन्धनका एकजना सांसदले बताएका छन्।

सत्ता गठबन्धनका ९८ जना सांसदहरूले हस्ताक्षर गरेर आइतबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय उल्ट्याएर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि राणाको आलोचना हुँदै आएको थियो।

त्यसपछि उनले मन्त्रिपरिषद विस्तार गर्दा प्रधानन्यायाधीश राणाले पनि ‘आफ्नो भाग’ मागेको आरोप लाग्यो। उनकै ‘कोटा’मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका गजेन्द्र हमालले केही घण्टामै राजीनामा दिएका थिए।

त्यही आरोपपछि आलोचित भइरहेका उनको राजीनामा माग गर्दै कानुन व्यवसायीले देशव्यापी आन्दोलन थालेका थिए। र केही न्यायाधीशहरूले समेत कैयौ दिनसम्म इजलास बहिष्कार गरेका थिए।

त्यसपछि प्रधानमन्त्री देउवाले पनि लामो समयसम्म अदालतलाई बन्दी बनाएर नराख्न र बाटो सहज बनाइदिन आग्रह गरेका थिए। तर उनले कसैको कुरा सुन्नै चाहेनन्। बरू अदालतमै नआउने गर्न थाले।

‘यो तयारी गठबन्धनले पहिलादेखि नै गरेको थियो’ महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेका एकजना सांसदले भने ‘प्रधानमन्त्रीले बाटो सजिलो बनाइदिनुस् भनेर पटक पटक भन्दा पनि नमानेपछि यो बाटो समाउन बाध्य भएका हौं।’