माधव नेपालले दिए ओलीलाई कडा चेतावनी - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

माधव नेपालले दिए ओलीलाई कडा चेतावनी



नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधिन भईरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाई बाहिर आएको हो। 

उनले आफ्नो पार्टीले कानुनी आधारमा बैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावी समेत गरे। आईतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए।

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए। उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको समेत स्पष्ट पारे। अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको दोहोर्‍याए।