चोलेन्द्रमाथि महाअभियोगमा एमालेको कडा आपत्ति - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

चोलेन्द्रमाथि महाअभियोगमा एमालेको कडा आपत्ति



नेकपा एमालेका नेता विष्णु रिजालले प्रधान न्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको भन्दै असन्तुष्टि जनाएका छन् । महाअभियोग दर्ता लगत्तै उनले यस्तो बताएका हुन् ।

रिजालले यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको समेत बताएका छन् । त्यतिमात्रै होइन उनले स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ ।

यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।

सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।’