आर्थिक लेनदेन विवादमा नेविसंघ महामन्त्री कुवर - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

आर्थिक लेनदेन विवादमा नेविसंघ महामन्त्री कुवर



काठमाडौं– नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुवर आर्थिक विवादमा मुछिएकी छन्। उनले आरजु राणा देउवाको किचेन क्याविनेटको मान्छेभन्दै विभिन्न व्यक्तिसँग आर्थिक लेनदेन गरेको खुलासा भएको छ।

देउवासँग खिचेका तस्बिर देखाउँदै काम गराइदिने भन्दै उनले कार्यकताहरूबाट पैसा असुल्ने गरेको पाइएको छ।
उनी नजिक भएकाले नेविसंघको ११औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएर पनि सोही पदमा मनोनित भएकी थिइन्। त्यसपछि उनको बढुवा हुँदै महामन्त्रीमा नियुक्ति भएको थियो। उनले मासमा समेत आफूसँग पावर रहेको बताउने गरेको स्रोतले बताएको छ।

एक जनाले नाम नभन्ने सर्तमा धितोपत्र बोर्डको अध्यक्ष बनाइदिन्छु भन्दै १५ करोडमा डिल गरेको र उक्त रकम बनाउनुभन्दा पहिले नै भुक्तानी गर्न आग्रह गरेपछि कुरा नमिलेको बताए।

यसका साथै विभिन्न देशको राजदूतलगायत अन्य पदमा पनि नियुक्ति दिलाइदिने भन्दै धेरै व्यक्तिसँग भेटघाट चलिरहेको स्रोतले जानकारी दिएको छ।

उनलाई नेविसंघ राजनीतिमा पनि चतुर खेलाडीको रुपमा लिइन्छ। पार्टी विभिाजित हुँदा कोराला खेमामा रहेर पद्यम कन्या क्याम्पसको राजनीति गरेकी कुवर पार्टी एकता भइसकेपछि खुमबहादुर खड्काको किचेन क्याविनेटको मान्छे भएको बताउथिन्।

उनको स्वर्गवाससँगै शक्तिमा रहेकी प्रधानमन्त्री पत्नी देउवासँग निकट सम्बन्ध बनाएर उनले लाभ लिने गरेको चर्चा हुने गरेको छ ।

महामन्त्री कुँवर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा समेत पराजित भएकी थिइन् । उनी पाल्पा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि उठेकी थिइन्।