सम्पर्कमा आए भागेका भनिएका ग्रीन लाइनका सञ्‍चालक अग्रवाल - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

सम्पर्कमा आए भागेका भनिएका ग्रीन लाइनका सञ्‍चालक अग्रवाल



काठमाडौँ– कोभिड–१९ महामारीका कारण व्यवसायमा गिरावटका कारण बैंकको ऋण तिर्न नसकेर पलायन भएका कान्तिपथस्थित ग्रीन लाइनका सञ्चालक मदिरा व्यवसाय अमित अग्रवाल सम्पर्कमा आएका छन् ।

बैंकको ७० करोड रुपैयाँभन्दा धेरै तिर्न बाँकी रहेको छ र ठूलो ऋण नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट, ग्लोबल आईएमई र मेगा बैंकको छ ।

महामारीपछि व्यवसायमा गिरावट आएपछि उनले व्यवसाय टिकाउन महँगो ब्याजमा सहकारीबाट पैसा लिएका थिए । साथै उनले सेल्सबेरीका सञ्चालक सुशील प्रधानांग, राम अग्रवाल, सुनिल श्रेष्ठ तथा दीपक श्रेष्ठसँग महँगो ब्याजमा ऋण लिएका थिए । उनलाई मिटरब्याजमा ऋण दिने नेपाल प्रहरीका उच्च अधिकारीहरू समेत रहेका छन् ।

उनले आफू उपचारको क्रममा केही समय देशबाहिर रहेको र बैंकको ऋणको साँवाब्याज भुक्तानी र साहुकारहरूको ऋण तिर्ने प्रतिवद्धता समेत गरेका छन् ।