ओलीको चेतावनी: मतपत्र च्यात्ने सपना नदेख - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

ओलीको चेतावनी: मतपत्र च्यात्ने सपना नदेख



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिएका छन् ।

२०७४ सालको स्थानीय चुनावमा पनि सत्तागठबन्धनसँग लडेर एमाले नै सबैभन्दा ठूलो दल भएको दृष्टान्त पेस गर्दै ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो दल हुने दाबी गरे । स्थानीयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै बहुमत हुने उनको दाबी छ ।

‘संघीयता भन्ने तर स्थानीय तहलाई निष्प्रभावी बनाउन चाहनेहरू छन्’ स्थानीय तह निर्वाचन तयारीबारे प्रशिक्षण उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पनि केही दल स्थानीय तह निर्वाचनको पक्षमा छैनन्, तर हामीले उनीहरूलाई पनि तानेर निर्वाचनमा ल्याउँनुपर्नेछ ।’

संविधान दिवसलाई कालो दिन भन्नेहरूले त्यसको रस चुसिरहेको ओलीले आरोप लगाए । स्थानीय तह लोकतन्त्रको खम्बा हो भन्दै उनले भने, ‘यो उपलब्धीलाई अझ बलियो बनाउन आवश्यक छ ।’

अहिलेको सत्ता गठबन्धनले स्थानीय तहको मर्म नै नबुझेको उनको आरोप छ । ओलीले भने, ‘गठबन्धनकारीले स्थानीय तहको मर्म नै बुझेका छैनन्, एमालेले जोडबल नगरेको भए अहिले पनि निर्वाचनको मिति तोकिँदैनथ्यो ।’

ओलले पार्टी फुटाएर अर्को पार्टीमा लागेकालाई एमालेमै फर्कन पनि आग्रह गरे । उनले भने, ‘भ्रमवश अर्को पार्टीमा लागेकालाई फर्कन आग्रह गर्दछु ।’