सरकार चुनाव सार्ने षड्यन्त्रमा लागेको छ: केपी ओली - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

सरकार चुनाव सार्ने षड्यन्त्रमा लागेको छ: केपी ओली



काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अझै स्थानीय तहको नगर्न सक्ने आशंका गरेका छन्।

शुक्रबार सातै प्रदेशमा आयोजित चुनावकेन्द्रित पार्टी प्रशिक्षण कार्यक्रम भर्चुअल माध्यमबाट उद्घाटनका क्रममा उनले सरकारले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका हुन्।

‘एकै चरणमा निर्वाचन गर्ने भनेर घोषणा हुदाँ पनि गठबन्धनबाट यस्ता कुरा आइरहेको छ कि चुनाव सार्न सक्ने षडयन्त्र भइरहेको छ’, ओलीले भने, ‘वैशाख ३० मा हुने स्थानीय तहको असाधारण महत्व छ। यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्दछ। यो अन्तिम फैसला हैन।’