आजदेखि मौसम सुधार हुने
काठमाडौं। आज (बिहीबार)देखि मुलुकभर मौसम सुधार हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।
आज काठमाडौँसहित देशका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ। अबको २–३ दिन मौसम आंशिक बदली हुने र क्रमशः मौसममा सुधार आउने बताइएको छ।
पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको छ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु–भागका एक÷दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।