डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको निर्णय - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको निर्णय



काठमाडौँ- सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउने भएको छ । मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेलधुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।

‘स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेलधुरा अस्पताल नै आधार संकाएका रूपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रतिष्ठानका रूपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव गएपछि मन्त्रिपरिषद्ले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम हुने गरी हाललाई मेडिकल कलेजको रूपमा अगाडी बढाउने जनाएको छ ।