होटल याक एण्ड यती बन्द गर्न मन्त्री आलेको निर्देशन - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

होटल याक एण्ड यती बन्द गर्न मन्त्री आलेको निर्देशन



काठमाडौं -पर्यटन विभागले काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो बन्द गर्न निर्देशन दिएको छ।

होटलमा सञ्चालित क्यासिनोले रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर बापत बुझाउनु पर्ने  रु. ४२ करोड २५ लाख ६८ हजार नतिरेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो दुबै सञ्चालन नगर्न निर्देशन दिएको हो।

२५ माघमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले क्यासिनो सञ्चालनको अनुमतिपत्र रद्द गर्ने, होटलको पाँचतारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, सम्पूर्ण अचल सम्पत्ति तथा ब्यांक खाता र वित्तीय कारोबार रोक्ने निर्णय गरेका थिए। मन्त्रीस्तरीय निर्णयबमोजिम विभागले बुधबार यस्तो निर्देशन जारी गरेको हो ।

पटक–पटक सार्वजनिक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको विभागले जनाएको छ। कारबाहीको सूचनाको वोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल राष्ट्र ब्यांकलाई दिइएको छ ।