भोलि बोलाइएको संसद बैठक स्थगित - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

भोलि बोलाइएको संसद बैठक स्थगित



काठमाडौँ- भोलिदिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगित हुने भएको छ। संसद सचिवालय स्रोतका अनुसार सभामुखको निर्देशनमा संसद बैठक स्थगित गरिन लागेको हो। संसद सचिवालयले आजै बैठक स्थगित भएको सूचना निकाल्ने तयारी गरेको छ ।

सभामुख अग्नी सापकोटाले आजै सूचना टाँसेर स्थगित गर्न निर्देशन दिएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएका थिए । त्यसलगत्तै संसद बैठक स्थगित गर्न लागिएको हो ।

आगामी बैठक एक सातापछि राख्नेगरी तयारी भैरहेको बताइएको छ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा पेश गर्ने तयारी भइरहेका बेला दलहरुमा सहमति नजुटेपछि बैठक स्थगित गरेर सहमतिको प्रयास थालिन लागेको ती मन्त्रीले जानकारी दिए।