माओवादी भित्रै प्रचण्डको चर्को आलोचना, केन्द्रीय कमिटीमा खेद्ने 'प्लान' - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

माओवादी भित्रै प्रचण्डको चर्को आलोचना, केन्द्रीय कमिटीमा खेद्ने ‘प्लान’



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदमा पेश गर्न लागेको सुईको पाएपछि माघ १६ को प्रतिनिधि सभा वैठक १० दिनपछि सार्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ फेरी पनि वैठक सार्ने तयारीमा जुटेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारेको दोहोरो नीतिका कारण आफैं अप्ठेरोमा परेपछि दाहाल प्रतिनिधि सभा वैठक सारेर यसको हल खोज्ने तयारीमा लागेका हुन । उनको दाहोरो नीतिका कारण एमसीसी प्रकरणमा यति वेला माओवादी पनि अन्यौलनमा छ।

प्रचण्डले एकातिर एमसिसी परिमार्जन नगरी पारित गर्न सकिँदैन भन्ने र अर्कातिर पारित गर्ने प्रतिवद्धतासहित एमसिसीलाई पत्र पठाउँदा पार्टीलाई समेत अप्ठेरो पर्ने अवस्था आएको माओवादी केन्द्रका नेताहरु वताउँछन् ।

’उहाँले कसरी यस्तो गर्नुभयो भनेर हामी अचम्मित भएका छौं। उहाँले आफ्नो अस्थिर चरित्र फेरी पनि देखाउनु भयो। माघ २७ गते हाम्रो केन्द्रीय कमिटीको बैठक छ। त्यसपछि मात्रै एमसिसीबारे हामीले थप स्पष्ट पार्छौं।’– ति नेताले भने।

यसका लागि माघ २६ गते बोलाईएको प्रतिनिधि सभाको बैठक सार्ने प्रयास भईरहेको एक नेताले जानकारी दिए ।

एक महिनाअघि सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले परिमार्जन गरेर मात्र एमसिसी पारित गर्ने निर्णय गरेको छ। प्रचण्ड आफै पनि परिमार्जन नगरी पारित गर्न नहुने पक्षमा छन् । तर, तीन महिना अघि नै एमसीसी संसदबाट पारित गर्ने भन्दै पत्रचार गरेको कुरा वाहिर आएपछि अहिले पार्टी भित्रै पनि उनको चर्को आलोचना भईरहेको छ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, राम कार्की लगायतले नेताले माओवादी केन्द्र पार्टीको महाधिवेशनमा भएको निर्णय र दस्तावेजभन्दा बाहिर जान नसकिने बताउँछन् । कार्कीले एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ भन्ने महाधिवेशनले दिएको म्यान्डेट भएकाले त्यो भन्दा बाहिर गएर गरिएका र भनिएका सबै धारणा व्यक्तिगत भएको वताए ।

यद्यपी, संसदले संकल्प प्रस्ताव पारित गरेर एमसिसी पारित गर्न सक्ने उनले वताए । प्रतिनिधि सभाले नेपालको असंलग्न नीतिभन्दा बाहिर गएर एमसिसी सञ्चालन भए जुनसुकै बेला खारेज हुन सक्छ भन्ने संकल्प प्रस्ताव पारित गरेर अघि बढ्न सकिने उनको धारणा छ।