गद्धार घोषणा गर्दै गोपाल किराती पार्टीबाट निष्काशित
काठमाडौंः एकीकृत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किरातीलाई पार्टीले निष्कासन गरेको छ ।
माघ १४ देखि १८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले किरातीलाई ‘गद्धार’ घोषणा गर्दै निष्कासन गरेको हो ।
बैठकले आलोक रायमाझीलाई सर्वसम्मत केन्द्रीय समितिको अध्यक्षमा निर्वाचित गरेको छ ।
सो पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस बीचमा अदालतको फैसलाबाट हाम्रो संगठन माओवादी केन्द्रको पहिचान खोसियो र फेरि प्रचण्डलाई नै जबरजस्ती माओवादी केन्द्र थमाइदियो । त्यसकारण हाम्रो पार्टी पहिचानको संकट निराकरण गर्दै पार्टीको नाम र गोपाल किरातीलाई गद्धार घोषणा गर्नुको कारण सार्वजनिक गर्दछौं ।’