महामन्त्रीमा पराजित भएका प्रकाशशरण महत कांग्रेस प्रवक्तामा नियुक्त - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

महामन्त्रीमा पराजित भएका प्रकाशशरण महत कांग्रेस प्रवक्तामा नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार उनलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।

उनी कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीमा पराजित भएपछि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।