प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ अब देउवाको तयारी - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ अब देउवाको तयारी



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (सोमबार) दिउँसो तीन बजे बैठक बोलाइएको छ।

बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणाबारे निर्णय गर्ने तयारी गरेको छ। निर्वाचन आयोग ४ जेठ २०७९ मा निर्वाचन गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो।

त्यतिमात्र होइन आजको मन्त्रीपरिषदको बैठकले एमसीसीबारे पनि केहि निर्णय गर्नसक्ने बताइएको छ । चुनावको मिति घोषणा गर्न लागेको मन्त्रीपरिषद बैठकले अन्य महत्वपूर्ण निर्णय पनि गर्नसक्ने बताइएको छ ।

चुनावको मिति घोषणापछि कतिपय निर्णय गर्न कानुन आकर्षित हुने भएकाले केहि महत्वपूर्ण निर्णय आजै हुने बताइएको छ ।