बालुवाटारमा प्रचण्डले राखे नयाँ प्रस्ताव, ओलीको पुरानै अडान - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

बालुवाटारमा प्रचण्डले राखे नयाँ प्रस्ताव, ओलीको पुरानै अडान



काठमाडौं- बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव पछिमात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले एमसीसी चुनावपछि अघि बढाउन प्रस्ताव गरेको एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न सहयोग गर्न सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सत्ता गठबन्धन स्पष्ट हुनुपर्ने बताएका थिए ।

छलफलमा कानुनमन्त्री दिलेन्द्र बडुसमेत रहेका थिए । यता सभामुखले भने एमसीसी तत्काल संसदमा लैजान नसकिने बताएका छन् ।