प्रचण्डको बचाउ गर्दै दीपशिखाले भने: हामी सत्ता साझेदार हुँदैनौ
काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बचाउ गर्दै अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्नेसँग सत्ता साझेदारी नहुने बताएका छन्।
देउवा र प्रचण्डले संयुक्त रूपमा एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि आलोचित बनेका प्रचण्डको दीपशिखाले बचाउ गरेका छन् ।
एमसिसी फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइनसहित प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पठाएको पत्र बाहिरिएपछि नेता सापकोटाले यस्तो बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘अरू धेरै थाहा भएन, नेकपा माओवादी केन्द्रले एमसिसी सदनबाट पारित गर्दैन। आज र अहिले होइन, एमसिसी पारित गर्नेसँग सत्ता साझेदारी हुने कुरै भएन। कूटनीतिक र ट्याक्टिकल विषयलाई त्यही रूपमा बुझौँ।’
एमसिसीमा माओवादीले समर्थन नगर्ने दाबी गर्दै देउवा र प्रचण्डले लेखेको कूटनीतिक र ट्याक्टिकल विषयलाई त्यही रूपमा बुझ्न आग्रह गरेका छन्।