अल्मुताइरीले प्रधानमन्त्रीसँग भने: हाम्रा खेलाडीमा दम छ, सपोर्ट चाहियो - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

अल्मुताइरीले प्रधानमन्त्रीसँग भने: हाम्रा खेलाडीमा दम छ, सपोर्ट चाहियो



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग नेपाली फुटबलको बारेमा छलफल गरेका छन् ।

छलफलका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली खेलाडी धेरै राम्रो भएको तर उनीहरूलाई अन्तर्राष्ट्रिय एक्स्पोजको खाँचो भएको बताएका थिए । अल्मुताइरीले फुटबल विकासका लागी राम्रो र स्तरीय रंगशाला आवश्यक भएको बताएका थिए । अल्मुताइरीले आफूहरू अहिले एसियन कप छनोटको तयारीमा रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले सरकारको तर्फबाट सम्पूर्ण सहयोग गर्नका लागि आफू तयार रहेको बताएका थिए ।

सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरिएको हो ।

सरकारले फुटबल टिमलाई यसअघि नै पुरस्कृत गरिसकेको थियो । तर, त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी कतारमा थिए । त्यतिबेला छुटेका अल्मुताइरीलाई सरकारले आज महिला भलिबल टिमसँगै सम्मान गरेको हो । फुटबलका खेलाडीलाई पनि ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमपछि प्रधानमन्त्री देउवाले अल्मुताइरीसँग छुट्टै भेटेका थिए ।