मोरङको उखुबारी प्रकरणमा नयाँ मोड: तेस्रो शव भेटियो, २ अर्ब कारोवार - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

मोरङको उखुबारी प्रकरणमा नयाँ मोड: तेस्रो शव भेटियो, २ अर्ब कारोवार



काठमाडौँ- मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्तीनजकि उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्यामा नयाँ ट्वीस्ट आएको छ । उखुबारीमा फेला परेका २ जनाको र ललितपुरमा एक जनाको हत्या भएको घटनामा नयाँ रहस्य खुलेको हो ।

अपराध महाशाखाका अनुसार यो (दुईवटै हत्या) एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई हत्या गरेको खुलेको छ । अपराध महाशाखाका अनुसार पक्राउ परेका अनिकमार मण्डल हत्या भएका मोहन लिम्बु, सिराहमा हत्या भएका २ जनाबीच विभिन्न व्यवसाय गर्ने र व्यक्तिहरुलाई ठग्ने उदेश्यले २ अर्बको कारोवार गर्ने सम्झौताको कागजात फेला परेको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले भने ‘हत्या गर्ने र हत्या हुनेबीच विभिन्न व्यवसाय गर्न र व्यक्तिहरुलाई ठग्ने उदेश्यले २ अर्बको सम्झौता भएको कागजात फेला परेको छ, हामीले अरु थप अनुसन्धानका लागि मोरङ प्रहरीलाई जिम्मा लगाएका छौं ।’

मोरङमा फेला परेको शव काठमाडौं बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भइ धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो । जग्गा कारोबारी उनीहरुबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

ललितपुरमाको गोदावरी–१२ धापाखेलको प्रमेश थापा मगरको घरमा फेला परेका मोहन लिम्बुको घाँटीमा डोरीले बाँधेर हत्या गरेको खुलेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनलाई गाडेको ठाउँ शरिर डोरिले बाँधेको अवस्थामा थियो । त्यसबाट उनको हत्या डोरीले बाधेर भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीका अनुसार उनलाई पुर्नको लागि ३०÷३५ केजी नुन र २ बोरा सिमेन्ट प्रयोग गरेको देखिएको छ ।

अपराध महाशाखाका अनुसार लिम्बुको शव पहिला अनिलकुमारले गोदामका लागि लिएको भाडाको घरमा गाड्न खोजिएको तर पालास्टर बलियो भएका कारणले बाहिर गाडेको अनिलले प्रहरीलाई बताएका छन् ।

उनकै सूचनाको आधारमा प्रहरीले आज ललितपुरको गोदावरी नगरपालिका–१२ थापाखेलमा प्रमेश थापा मगरको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।