एमसीसीमा ६ वटा बुँदा परिमार्जन गर्न देउवाले अमेरिकालाई पत्र पठाउँदै
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र पठाउने भएका छन् । देउवाले सम्झौतामा थप प्रष्ट पार्न आग्रह सहित फेरि अमेरिकी अधिकारीहरुलाई पत्र लेख्ने तयारी गरेका छन् ।
वुधबारबाट सत्ता गठबन्धनमा सहमती खोजेरै एमसीसी पारित गराउने अन्तिम निश्कर्षमा पुगेका प्रधानमन्त्री देउवाले यसबारे केही दिनभित्रै अमेरिकी अधिकारीलाई फेरि पत्र लेख्ने बताइएको छ । एमसीसीकै कारण सत्तासहयात्री दुई कम्युनिष्ट दल माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्ता छोडने, तर यथास्थितीमा एमसीसी पारित नगर्ने अडान लिएपछि प्रधानमन्त्री अमेरिकी अधिकारीलाई फेरि पत्र लेख्न तयार भएका हुन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले सम्झौतामा राखेका विमतिहरुका विषयमा थप प्रष्टाउन आग्रह सहित प्रधानमन्त्रीले पत्र लेख्न लागेका हुन् । उनले बुधबार दुई चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सम्वाद गरी एमसीसीमा असहमति के के बुँदामा हुन् ? भनी प्रश्न राखेका थिए । त्यसपछि दुवै पार्टीले एमसीसीमा उठेका ६ वुँदाका आफना असहमति राखेका थिए ।
यी विषय प्रष्ट पारेपछि मात्र निर्णय लिनुपर्ने पार्टी धारणा रहेको दुवै अध्यक्षले राखेपछि देउवाले ति असहमतिका वुदाँमा थप प्रष्टाउन अमेरिकी अधिकारीलाई फेरि पत्राचार आफुले गर्ने बताएका थिए । माघ १६ को संसद बैठकमै एमसीसी संसदमा पारित गराउन प्रस्ताव लैजाने तयारीमा रहेका देउवाले सत्ता गठबन्धन दलमै सहमति जुटाउन नसकेपछि अप्ठ्यारोमा परेका थिए ।
संसद बैठक अहिले १० दिन पछि सरेर माघ २६ का लागि सारिएको छ । त्यो दिनसम्म पनि सहमति नजुटे अव सत्तागठबन्धनले थप केही दिन पून संसद पछि धकेलेर यसवारेमा अमेरिकी अधिकारीको धारणा आएपछि मात्र अन्य छलफल गर्ने र सहमति खोज्ने सहमति जुटेको छ ।
यस अगाडी पनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी अधिकारीहरुलाई पत्र लेखेर एमसीसी का लागि राष्टिय हसमति खोजी भईरहेको भन्दै केही समय पर्खिन आग्रह गरेका थिए ।