नेपाललाई जबर्जस्ती ५५ अर्ब भिडाउन खोज्ने अमेरिका ऋणमा चुर्लुम्मै - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

नेपाललाई जबर्जस्ती ५५ अर्ब भिडाउन खोज्ने अमेरिका ऋणमा चुर्लुम्मै



काठमाडौँ – हामी सबैलाई लाग्नसक्छ विश्वको शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको त के ऋण होला भनेर तर वास्तविकता त्यस्तो भने छैन । भर्खरै अमेरिकाले सार्वजनिक गरेको तथ्यांक सबैलाई झस्काउने खालेको छ ।

अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले सार्वजनिक गरेको तथ्य हैरान पार्ने खालेको छ । अमेरिकाको राष्ट्रिय ऋणको आकार तीन सय खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको उक्त तथ्यमा देखिएको छ ।

ट्रेजरी डिपार्टमेन्टले मंगलबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । सन् २०१९ यता यस्तो ऋण ७० खर्ब डलरले बढेको छ।

महामारीका बेला अर्थतन्त्र जोगाउन सरकारी सापटी उच्च भएको थियो। सन् २०१५ पछि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले पहिलोपटक ब्याजदर बढाउनलागेको छ।

सन् १९९४ मा अमेरिकाको सार्वजनिक ऋण ५० खर्ब डलर थियो। सन् २०२२ मा आइपुग्दा यो बढेर ३ सय खर्ब डलर पुगेको सीएनएनले जनाएको छ।

अमेरिकी केन्द्रीय सरकारले अन्य देश र विदेशी लगानीकर्तालाई ८० खर्ब डलर तिर्नुपर्ने देखिएको छ। त्यसमा पनि बढी जापान र चीनलाई तिर्नुपर्ने छ। जुन ब्याजसहित दिनुपर्नेछ।

बितेका दशकमा अमेरिकाको ऋण उच्च दरले वृद्धि भएको छ।

तर नेपाल लगायतका कतिपय मुलुकमा भने अनुदानका नाममा अमेरिकाले पैसा दिन जबर्जस्ती गर्ने गरेको छ । त्यसको पछिल्लो उदाहरण हो मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी ।