ओलीले भने: मन्त्रीहरुले नैतिकताले राजीनामा दिनुपर्छ - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

ओलीले भने: मन्त्रीहरुले नैतिकताले राजीनामा दिनुपर्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बताएका छन् । उनले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

बुधबार पार्टी केन्द्रीय सचिवालय बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने बताउँदै भने, ‘निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन गर्नुपर्छ ।’ निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

अध्यक्ष ओलीले संविधानको सहि कार्यन्वयन र उत्तरदायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्ने बताउँदै भने, ‘हामीले पटक–पटक सरकारलाई ध्यानकर्षण पनि गराएका हौँ । तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यान्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’

अध्यक्ष ओलीले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै उक्त खोप हरायो भन्नु हास्यास्पद र गम्भिर रहेको बताए । उनले भने, ‘यस्ता कुरामा अन्य देशमा हेर्ने हो भने मन्त्रीहरुले राजीनामा गर्नुपर्छ ।’