सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा



काठमाडौँ । सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका अर्थ मन्त्रालयका सहसचिव दंगाललाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।

प्रस्ताव पेस गर्दै मुख्यसचिव शंकरदाश वैरागीले यसअघि विशेष परिस्थितिमा बाहेक पहिलो नम्बरमा रहेको व्यक्तिलाई बढुवा गर्ने गरेको कुरा राखेका थिए भने केही मन्त्रीहरूले पनि त्यस्तै अवस्थामा बाहेक सिष्टम अनुसार नै जाँदा थिति बस्ने भन्दै सिष्टमअनुशार नै सिफारिस गर्न सुझाएका थिए ।

बढुवासँगै सचिव दंगाललाई प्रदेश नं. २ को प्रमुख सचिवमा पदस्थापन गर्ने र बागमती प्रदेशमा रिक्त प्रमुख सचिवमा कृष्ण बहादुर रावतलाई खटाउने तयारी रहेको छ ।