आईएमई लाइफ र नेपाल लाइफसहित ११ बीमा कम्पनीमाथि कारबाही - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

आईएमई लाइफ र नेपाल लाइफसहित ११ बीमा कम्पनीमाथि कारबाही



काठमाडौँ । बीमा समितिले दुई सरकारीसहित ११ कम्पनीलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै बीमा क्षेत्रको नियमनकारी निकाय समितिले ११ कम्पनीलाई कारबाही गरेको हो ।

यसरी कारबाहीमा पर्नेमा दी ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी कारबाहीमा परेका छन् ।

यसैगरी आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कारबाहीमा परेका हुन् ।