सोमबार फेरि राताम्य भयो सेयर बजार - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

सोमबार फेरि राताम्य भयो सेयर बजार



काठमाडौं– साताको पहिलो दिन उकालिएको सेयर बजार दोस्रो दिन सोमबार भने घटेको छ।

सोमबार सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ। आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा उक्लिएको थियो।

सोमबार समग्र नेप्से ०.४७ प्रतिशतले घटेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ५३८.९३ बिन्दुमा झरेको छ।

आइतबारको तुलनमा सोमबार कारोबार रकम पनि घटेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। सोमबार ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।