छापावाल सुनको मूल्य घट्यो - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

छापावाल सुनको मूल्य घट्यो



काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार ८०० तोकिएको छ। अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ छ, जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७०० रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।