चन्द्रगिरी हिल्स लिमिटेड घाटामा चल्दै - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

चन्द्रगिरी हिल्स लिमिटेड घाटामा चल्दै



काठमाडौं । चन्द्रगिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनी पहिलेको भन्दा घाटामा चल्दै गरेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नोक्सानी दर भने घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ३२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। कम्पनीको आम्दानी बढेसँगै नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४०३।२७ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ५४४।३९ प्रतिशत बढेको छ भने कुल खर्च १२३।६६ प्रतिशत बढेको छ।

नोक्सानी घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपेयाँ २६ पैसा ऋणात्मकबाट घटेर २ रुपैयाँ २९ पैसा ऋणात्मक भएको छ। दोस्रो त्रैमाससम्ममा १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४३ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ ४८ पैसा रहेको छ।