एमसीसीबारे चर्काचर्की भएका बेला प्रचण्डले गरे चिनियाँ नेतासँग वार्ता - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

एमसीसीबारे चर्काचर्की भएका बेला प्रचण्डले गरे चिनियाँ नेतासँग वार्ता



काठमाडौं– सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग नियोग एमसीसीबारे चर्काचर्की परिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सुङ थाओसँग वार्ता गरेका छन् ।

शनिबार बसेको गठबन्धनको बैठकमा एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दवाव दिएपछि माहोल गरम भैरहेका बेला प्रचण्डले सुङ थाओसँग भिडियो वार्ता गरेका छन्।

उक्त अवसरमा सुङले नेपाल–चीन मित्रता, वर्ल्ड इकोनोमिक फोरममा सीपीसी महासचिव सी चिनफिङको मन्तव्यका विषयमा कुराकानी गरेका थिए।

चीनस्थित पत्रकार लक्ष्मी लम्सालका अनुसार सुङले चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतबारे पनि जानकारी गराएका थिए।

एमसीसी जसरी पनि पारित गराउने ध्याउन्नमा देउवा लागिरहेका बेला प्रचण्डले सुङ थाओसँग गरेको वार्तालाई अर्थपूर्ण मान्न सकिन्छ ।