बैशाखमा चुनाव गर्न दबाबका लागि अनेरास्ववियूद्वारा आन्दोलन घोषणा - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

बैशाखमा चुनाव गर्न दबाबका लागि अनेरास्ववियूद्वारा आन्दोलन घोषणा



काठमाडौं । निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाबका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेनिकटको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अन्यथा लाखौं विद्यार्थीलाई सडकमा उतार्ने अध्यक्ष सुनिता बरालले विज्ञप्तिमार्फत चेतावनी दिएकी छन् ।

स्थानीय तहलाई प्रतिनिधिविहीन बनाउने अभिप्रायले गठबन्धन सरकार संवैधानिक व्यवस्था विपरीत चुनाव टार्ने प्रपञ्चमा लागेको भन्दै अनेरास्ववियुले देशभरबाट खबरदारी गर्ने भएको हो ।

अनेरास्ववियुले माघ १७ (भोलि) देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने ।

भोलि नै देशैभर क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने । १८ गतेसम्म पनि मिति नतोकिए मन्त्री सहभागी कार्यक्रममा कालोझण्डा देखाउने ।

माघ १५ गते संघीय राजधानी र प्रदेश राजधानीमा कानूनविद्हरूको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुको कार्यक्रममा छ ।