केपी ओलीविरुद्ध उजुरी, होला त कानून अनुसार कारबाही ? - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

केपी ओलीविरुद्ध उजुरी, होला त कानून अनुसार कारबाही ?



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ।

संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन्।

कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ। संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेकाले ओलीलाई कानूनबमोजिम आवश्यक कारबाही गरिपाऊँ भनी अधिकारीले निवेदनमा उल्लेख छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भई हुलहुज्जत गरी आफूलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेका उजुरीकर्ता अधिकारीले उल्लेख गरेका छन्।