आधा दर्जन कम्पनीको सर्किट ब्रेक, कुनको प्रति कित्ता शेयरमूल्य कति ?
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा आधा दर्जज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन निफ्रा, अरुण भ्याली हाइड्रोपावर, बृद्धमूमि, विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी र शिव श्री हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन अरुण भ्याली हाइड्रोपावर र बृद्धभुमीको शेयरमूल्य ९ प्रतिशत बढिका दरले बढेको हो । त्यस्तै, निफ्रा, विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी र शिव श्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
अरुण भ्याली हाइड्रोपावरको प्रतिकित्ता शेयरमूल्य ५ सय ४५ रुपैयाँ पुगेको छ । त्यस्तै, निफ्राको ३७५, विन नेपाल लघुवित्तको १४७२, लिबर्टी इनर्जीको ३९८, शिव श्री हाइड्रोपावरकाको ३७९ र बृद्धभुमीको शेयरमूल्य ३३५ रुपैयाँ पुगेको छ ।
आज यी ६ वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।