पृथ्वीमा फेरि अर्को संकट आउन लागेको भन्दै नासाले दियो यस्तो चेतावनी - Himal Post Himal Post
  • १८ पुष २०८१, बिहीबार
  •      Thu Jan 2 2025
Logo

पृथ्वीमा फेरि अर्को संकट आउन लागेको भन्दै नासाले दियो यस्तो चेतावनी



एजेन्सी- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा नयाँ चेतावनी दिएको छ । पृथ्वीका लागि अत्यन्त खतरनाक मानिने क्षुद्रग्रह अर्थात् एस्टेरोइड पृथ्वीसँग ठोक्किने र यसबाट ठूलो विपत्ति आउने नासाले चेतावनी जारी गरेको छ ।

वैज्ञानिकहरुका अनुसार यदि उक्त क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विपत्ति आउन सक्छ । भनिन्छ, एक पटक ठूला क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएपछि मात्रै पृथ्वीबाट डायनासोरहरू नामेट भएका थिए ।

अब फेरि एक पटक विशाल क्षुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा देखिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसबारे चेतावनी दिएको छ ।

नासाले फेब्रुअरी ११ तारिखमा पृथ्वीको नजिकबाट एउटा क्षुद्रग्रह जाने बताएको छ । यदि यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विनाश हुन सक्छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसअघि नै नयाँ वर्ष २०२२ मा धेरै विशाल क्षुद्रग्रहहरू पृथ्वीको नजिकबाट जाने बताएको थियो ।

नासाका अनुसार फेब्रुअरी ११ मा पृथ्वीबाट गुज्रिएको क्षुद्रग्रह एम्पायर स्टेट बिल्डिङभन्दा धेरै ठूलो छ । यो दुई सातापछि पृथ्वीको नजिक पुग्नेछ ।

वैज्ञानिकहरूले यस विशाल क्षुद्रग्रहलाई १३८९७१ (२००१ सीबी२१) नाम दिएका छन् । यसबाहेक नासाले यसलाई सम्भावित खतरामा समावेश गरेको छ । यो ४ हजार २६५ फिट चौडा छ ।

नासाले यो क्षुद्रग्रहलाई पृथ्वी नजिकको क्षुद्रग्रहहरूको सूचीमा समावेश गरेको छ । यो पृथ्वीबाट तीन लाख माइल टाढाबाट जानेछ । यो पहिलो पटक २१ फेब्रुअरी १९०० मा देखिएको थियो । त्यसबेलादेखि, यो हरेक वर्ष सौर्यमण्डल हुँदै जाने गरेको थियो ।

यो क्षुद्रग्रह अन्तिम पटक १८ फेब्रुअरी २०२१ मा देखिएको थियो । यो सन् २०११ र २०१९ मा पनि देखिएको थियो ।

यो कहाँबाट जान्छ भन्ने जानकारी नासाले दिएको छैन । तर, फेब्रुअरी ११ र त्यसपछि २४ अप्रिलमा पृथ्वीको नजिकबाट जाने बताइएको छ ।

यसपछि यो क्षुद्रग्रह जनवरी २०२४ मा देखिने नासाले जनाएको छ । त्यसपछि जुन र डिसेम्बरमा देखा पर्नेछ ।

नासाको अनुमानअनुसार यो क्षुद्रग्रह ११ अक्टोबर २१९४ सम्म पृथ्वीको नजिकबाट गुज्रनेछ । यदि क्षुद्रग्रहको बाटोमा अलिकति मात्रै पनि परिवर्तन भयो भने त्यो पृथ्वीका लागि खतरनाक सावित हुन सक्छ ।