अमेरिकाका ५ राज्यमा आपतकाल घोषणा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

अमेरिकाका ५ राज्यमा आपतकाल घोषणा



एजेन्सी- अमेरिकाका पाँच राज्यमा भारी हिमपात भएको छ। अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियामा हिमपत भएपछि सरकारले आपतकाल घोषणा गरेका हुन्।

सडकमा दुई फिट बाक्लो हिउँ जम्दा यातायात अवरुद्ध भएको छ। हिमपातका कारण सडक, विद्युत र हवाई उडानसमेत अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्।

हिमपातको कारण लाखौँ घरमा विद्युत आपूर्ति बन्द भएको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले प्रभावित क्षेत्रका नागरिकलाई अत्यावश्यक काम भएमा मात्रै घरबाट बाहिर निस्किन सूचित गरेको छ।