शंकर पोखरेलले भने: गठबन्धनको योजना असफल भयो, यहि हो जनमतको तागत - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

शंकर पोखरेलले भने: गठबन्धनको योजना असफल भयो, यहि हो जनमतको तागत



काठमाडौं । सत्ता गठबन्धनको आजको बैठकले स्थानीय तह निर्वाचन आगामी जेठमा गर्ने सहमति गरेपछि नेकपा (एमाले)ले त्यसलाई ‘जनमतको तागत’ भनेको छ।

महासचिव शंकर पोखरेलले फेसबुकमा लेखेका छन्, ‘स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठवन्धनले भनेछ- ‘जेठ अगावै चुनाव गर्ने। हो, यसैलाई भनिन्छ जनमतको तागत।

एमालेले स्थानीय तहको चुनाव संवैधानिक व्यवस्थाअनुसारै हुनुपर्ने बताउँदै आएको थियो। तर सत्ता गठबन्धनमा रहेका दलहरूले भने तीनै तहको निर्वाचन एकै पटक गर्ने जनाउ दिइरहेका थिए।