भोलि बस्ने प्रतिनिधि सभाको बैठक अचानक स्थगित - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

भोलि बस्ने प्रतिनिधि सभाको बैठक अचानक स्थगित



काठमाडौं- आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एकाएक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठकको कार्यसूची सार्वजनिक भैसकेपछि बैठक एकाएक स्थागित गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अब बैठक यही माघ २६ गते बस्ने गरी निर्धारण गरेको संघीय संसदले सुचना जारी गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम यथावत् रहेकोले आइतबारको बैठक स्थगित गरिएको उनले जनाएका छन् ।

“मिति २०७८ साल माघ १६ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक कोभिड–१९ को संक्रमणको जोखिम यथावत् रहेको कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ २६ गते बुधबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” शनिबार जारी सूचनामा भनिएको छ ।