एमाले छोडेर अछामका नेता कर्ण नेकपा (एस)मा प्रवेश - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

एमाले छोडेर अछामका नेता कर्ण नेकपा (एस)मा प्रवेश



धनगढी । नेकपा एमाले अछामका पूर्व जिल्ला कमिटी सदस्य कर्ण जनाला नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

नेता जनालालाई बिहीवार एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष शेरबहादुर कुँवर, उपसचिव तथा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारी, केन्द्रीय सदस्य कुल कुँवरले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

एमाले पार्टीमा केन्द्रदेखि स्थानीय स्तरसम्म व्यक्तिवादी चरित्र हावि भएको भन्दै जनालाले पार्टी परित्याग गरेको बताए । जनाला अछाम जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका– १२ का स्थायी बासिन्दा हुन ।

उनले मंगलसेन नगरपालिकामा एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । अछाममा केही दिन अघि मात्रै तुर्माखाँद गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम जैशी एकीकृत समाजवादीमा समाहित भएका थिए । अछाम एमालेमा गैरराजनीतिक मान्छेलाई प्रोत्साहीत गरेको भन्दै एमाले छाड्नेको लर्को लागेको छ ।