राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच अथानिया चुनावबारे छलफल - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच अथानिया चुनावबारे छलफल



काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भेट्न देउवा शितलनिवासमा पुगेका थिए ।

बिहीबार दिउँसो भएको भेटवार्तामा स्थानीय तहको चुनावका बिषयमा छलफल भएको बताइएको छ । यद्यपी प्रधानमन्त्रीको सचिवालयले भने भेटवार्तालाई नियमित भनेको छ।

आउँदो वैशाखमा स्थानीय तहको चुनाव गर्ने किन नगर्ने भन्ने अन्योल देखिएका बेला प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर भेटवार्ता गरेका छन्।

चुनावबारे छलफल गर्न देउवाले शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। कांग्रेसभित्र स्थानीय तहको चुनाव वैशाखमा गर्नुपर्ने आवाज चर्को रुपमा उठेको छ।

बैठकअघि देउवाले राष्ट्रपतिसँग पनि चुनावबारे छलफल गरेका हुन्।