देउवाले बोलाए कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

देउवाले बोलाए कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि डाकेको केन्द्रीय कार्यसमिति बैठक भर्चुअल बस्ने भएको छ।

कोभिड महामारीका कारण केन्द्रीय समिति बैठक ‘भर्चुअल’ बस्ने गरी शुक्रबार ११ बजेका लागि डाकिएको महामन्त्री गगन थापाले जानकारी दिए।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। अहिले १४८ केन्द्रीय सदस्य रहेका छन्। २० जनाको मनोनयन हुन बाँकी छ।

महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिका निकटनम प्रतिद्वन्द्वी स्वत: केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डा शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन्। सभापतिले ३३ जना मनोनित गर्न पाउने सुविधाअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन्।

शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचन जेठ ५ अघि गर्ने कि सार्ने भन्नेबारे छलफल हुने छ।