देउवा २० वर्षपछि उही भीरको बाटो हिँड्दै छन्: प्रदीप ज्ञवाली - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

देउवा २० वर्षपछि उही भीरको बाटो हिँड्दै छन्: प्रदीप ज्ञवाली



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय चुनावको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।

२०५९ सालमा पनि देउवाकै नेतृत्वमा सरकार रहेको समयमा स्थानीय चुनाव नभएको स्मरणसहित ज्ञवालीले ‘नियति दुखान्त होला कि विद्रूप?’ भन्ने प्रश्न गरेका हुन्।

‘२०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर ‘अक्षम’ घोषित र स्थानीय चुनाव नगराएर/म्याद पनि नथपेर ‘जनसरकार’का लागि बाटो खोलिदिने प्रमं देउवा २० वर्षपछि त्यही भीरको बाटो हिँड्दै हुनुहुन्छ,’ ज्ञवालीले लेखेका छन्।

ज्ञवालीले इतिहास पहिले दुखान्त र पछि प्रहसनका रूपमा दुई पटक दोहोरिने भन्दै देउवालाई प्रश्न गरेका छन्, ‘नियति दुखान्त होला कि विद्रूप?’