बागमती प्रदेशमा सबैभन्दा धेरै जनसंख्या, सबैभन्दा कम कर्णालीमा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

बागमती प्रदेशमा सबैभन्दा धेरै जनसंख्या, सबैभन्दा कम कर्णालीमा



काठमाडौं- बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनको छ।

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार बागमती प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ।

तथ्यांकअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ पुगेको छ। यसअघि २०६८ सालमा गरिएको जनगणनामा वाग्मतीको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ थियो।

त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ। कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो। यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ थियो।