माओवादीका दीपशिखाको जिज्ञासा – कोरोना निको पार्न ओलीले के खाए होलान् ?
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोनाबाट निको हुन के खाए होलान् भन्दै जिज्ञासा पोखेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै दीपशिखाले ओलीलाई स्वास्थ्यलाभको शुभकामना पनि दिएका छन् ।
उनले लेखेका छन्, ‘एमाले अध्यक्ष केपी ओलिलाई स्वास्थ्यलाभको कामना ! एउटा जिज्ञासा नि – कोरोनाका विरामी उनले वेसारपानि खाए कि कुनै औषधि खानुभयो होला ! कि बेलौतिको पात खाएर गालगुल गर्दै कोरोना भगाई सक्नुभयो ?’
ओलीलाई शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रधानमन्त्री रहँदा ओलीले बेसार पानी र अम्बाको पातको पानीले कोरोना निको हुने दाबी गरेका थिए ।