माओवादी नेता पुन स्वदेश फिर्ता, नेताहरूले गरे स्वागत - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

माओवादी नेता पुन स्वदेश फिर्ता, नेताहरूले गरे स्वागत



काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गरेका थिए ।

करिब चार महीनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पुन आज नेपाल फर्किएका हुन्। पूर्वमन्त्री पुन आफ्नी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीलासहित चीनबाट हिमालयन एयरलाइन्सको जहाजमार्फत काठमाडौं फर्किएका हुन्।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्याबाट ग्रस्त पुनले चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए। नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो।