क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा हाइपर फन्डको कारोबार गर्नेलाई अब सिधै जेल - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा हाइपर फन्डको कारोबार गर्नेलाई अब सिधै जेल



काठमाडौँ- नेपाल राष्ट्र बैंकले नेपालमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा हाइपर फन्ड जस्ता कारोबार तथा व्यवसाय गैरकानुनी रहेको बताएको छ।

आज एक सूचना जारी गरी राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड १, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङलाई केन्द्रीय बैंकले गैरकानुनी कारोबार भनेको हो।

पछिल्लो समय नेपालमा यस्ता कारोबार भइरहेका खबरलाई राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको भन्दै उसले त्यसबमोजिमका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने र यसले स्वदेशी पुँजी पलायन हुने हुँदा त्यसमा संलगन भई नेपालमा बस्ने नेपाली र विदेशी नागरिक तथा विदेशमा बस्ने नेपालीले त्यस्तो गरेको गराएको पाइए कानुनअनुसार कारबाही हुने बताएको छ।