सीता दाहाल आइसियुमा - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

सीता दाहाल आइसियुमा



काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

सीतालाई कोरोना संक्रमण भएपछि केही दिनअघि ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइतबार आईसीयूमा राखेर उपचार भइरहेको छ। लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित छन्।

कोरोना संक्रमण भएका प्रचण्डको भने रिपोर्ट नेगेटिभ आइसकेको छ।