एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। शनिबार गरेको पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो। उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।