मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि... - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…



विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफू विमा कम्पनिबाट ठगिएको बताएका छन् । उनले कोरोना बिमावापतको रकम आफूले पनि प्राप्त गर्न नसकेको बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कारोना बिमा गरे पछि त्यसबापतको रकम आफूले अहिलेसम्म प्राप्त गर्न नसकेको बताएका हुन् ।

उनले अब सार्वजनिक स्थलमा खोप डेस्क सञ्चालन गरेर नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन् । मन्त्री खतिवडाले भने, “सरकारले पर्याप्त खोप ल्याएको छ अब अभियानलाई गति दिन सार्वजनिक स्थलमै डेस्क सञ्चालन गरी खोप लगाइने छ ।” उनले आइतबार साँझसम्म खोप लगाउन योग्य ४० प्रतिशत नागरिकले खोप लगाइसकेको बताए ।

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ । दुई करोड डोज भन्दाबढी थप सुनिश्चित भइसकेको छ,” उनले भने,“अभाव छैन तर खोप लगाउन आउनेको संख्या न्यून हुँदा अब गाउँटोलमै पुगेर खोप सेवा सञ्चालन गर्ने तयारी गरेका छौं ।”

१८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका लागि आवश्यक खोप सरकारसँग मौज्दात भए पनि त्यसमा लाग्ने घोलन र सिरिञ्ज विश्वभर अभावले अभियान योजनाअनुरुप सञ्चालन हुन नसेको मन्त्री खतिवडाले बताए ।