दुबै डोज खोप लगाएकी महिलाको ओमिक्रोनबाट मृत्यु - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

दुबै डोज खोप लगाएकी महिलाको ओमिक्रोनबाट मृत्यु



टोक्यो : जापानमा ओमिक्रोनबाट संक्रमित एक महिलाको मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि जनवरीको सुरुदेखि उनको चीबा प्रिफेक्चरको एक अस्पतालमा उपचार भइरहेको थियो।

शनिबार त्यहाँको स्वास्थ्य विभागले ओमिक्रोन संक्रमणबाट एक वृद्धाको मृत्यु भएको पुष्टी गरेको छ। जापानमा ओमिक्रोन संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो। कोरोना विरुद्धको दुबै डोज लगाएकी ती बृद्धा रक्तसंचार सम्बन्धीकी पुरानो विरामी थिइन्।

जनवरीको सुरुमा ती महिला कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा गएकी थिइन्। त्यसपछि उनलाई ज्वरोसहित कोरोनाको लक्षण देखिएका थियो।